prabhu

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकको ठूलो कदम, निक्षेप संकलनमार्फत ६० अर्ब झिकिने

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ झिक्ने भएको छ। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले असार १८ गते निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को प्रयोगमार्फत ६३ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले पछिल्ला केही सातादेखि प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बैंकिङ प्रणालीबाट रकम संकलन गर्दै आएको छ। यसै क्रममा असार १८ गते अपराह्न ३ बजेदेखि अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँको गुणात्मक भागमा आवेदन दिन सक्नेछन्। यस प्रक्रिया अनुसार बाँकी रकम बाँडफाँट हुने व्यवस्था मिलाइएको छ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ।

यस निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै