काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका सिइओ फरार रहेका छन्। नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक डुबेपछि फरार रहेका बैंकका सिइओ र अन्य कर्मचारीहरूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) ले खोजि रहेको छ।
बैंकमा जम्मा गरेको रकम नपाएर हजारौं ग्राहकहरु छट्पटाउन थालेपछि सिआइबीको टोलीले फरार रहेका फरार सिइओ तथा बैंकका कर्मचारीहरूलाई खोज्न सिआइबीको टोलिनै लागि परेको छ।
सिआइबी प्रहरीको टोली एक सातादेखि फरार सिइओ र अन्य कर्मचारीहरूलाई खोज्न नेपालगन्जमा पुगेका छन्।
यता बैंकको रकम अपचलनमा संलग्न भइ फरार रहेका बैंकका फाइनान्स डिपार्टमेन्टका कर्मचारी बेद प्रकाशसिंह ठकुरी भने पक्राउ परिसकेका छन्। फारार बैंकका सिइओ भारतमा लुकेर बसेको आशंका सिआइवीले गरेको छ।




