तीन महिनामा ९४ कर्मचारीहरूले छाडे लघुवित्तको जागिर !

काठमाडौँ। पछिल्लो समय लघुवित्तको जागिर छोड्नेहरू बढ्दै गएका छन्। लघुवित्तबाट पछिल्लो तीन महिनामा ९४ कर्मचारीहरूले जागिर छोडेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तदेखि चैत मसान्तसम्ममा लघुवित्त क्षेत्रमा ९४ जना कर्मचारीहरूले जागिर छोडेको छन् ।

हाल नेपालमा सञ्चालित ५२ लघुवित्त वित्तीय संस्थामा पुस मसान्तसम्म २१ हजार ६०० कर्मचारी रहेकोमा चैत मसान्तमा घटेर २१ हजार ५०६ कर्मचारी रहेको राष्ट्र बैंकको तथ्यांकले देखिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्