काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल र सिनियर डेपुटी गभर्नर ढुंगाना विदेश उडेपछि राष्ट्र बैंकको कामु जिम्मा डेपुटी गभर्नर बम बहादुर मिश्रलाई दिईएको छ ।
गभर्नर पौडेल दुई कार्यकारी निर्देशकसहित हाल स्वीजरल्याण्डमा छन् भने ढुंगाना बंगलादेशमा छिन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
मिश्रले राष्ट्र बैंकको कामु गभर्नरको जिम्मा पाए पनि उनले, महत्वपूर्ण निर्णय भने लिन पाउने छैनन् ।