DISH HOME

ग्रामीण विकास लघुवित्तको वार्षिक साधारणसभा, समाजसँगको मर्जर प्रस्ताव पारित गर्ने तयारी

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औं वार्षिक साधारणसभा यही असार २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ११ बजेबाट रुपन्देहीको बुटवलस्थित मुख्य कार्यालयमा सुरु हुनेछ भने भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने व्यवस्था गरिएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त साधारणसभामा समाज लघुवित्त वित्तीय संस्थासँगको मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने एजेन्डा तय गरेको छ। वर्तमानमा ग्रामीण विकास लघुवित्तको जारी तथा चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ र समाज लघुवित्तको २ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ। मर्जरपछि पूँजी संरचना परिवर्तन हुने भएकाले नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।

साधारणसभाले दुई संस्थाबीच १:१ अनुपातको शेयर स्वाप रेसियोमा मर्जर गर्न स्वीकृति दिनेछ। साथै, मर्जर सम्बन्धमा हालसम्म सम्पन्न सबै प्रक्रिया तथा गतिविधिहरूलाई पनि औपचारिक स्वीकृति दिने तयारी छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने अन्तिम स्वीकृतिअनुसार एकीकृत कारोबार गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। साथै, नियमनकारी निकायहरूबाट आउने कुनै पनि सुझाव वा निर्देशनअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित गरिनेछ।

साथै, सभा मार्फत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिनेछ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ। यस साधारणसभा प्रयोजनार्थ असार १५ गते बुक क्लोज गरिनेछ। सो दिनसम्म कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन र निर्णय प्रक्रियामा सहभागी हुन सक्नेछन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै