स्वस्तिक लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति, दुई लाख ३१ हजार कित्ता सेयर बिक्री हुने

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले पहिलो पटक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत साधारण सेयर बिक्री गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले असार ५ गते संस्थालाई दुई करोड ३१ लाख रुपैयाँ बराबरका दुई लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो।

माइक्रोफाइनान्स समूहमा पर्ने सो संस्थाको आईपीओ बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ ।

चालु आर्थिक वर्षमा बोर्डले हालसम्म १२ वटा कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको छ। तीमध्ये पाँच जलविद्युत् कम्पनी, तीन लघु बीमा कम्पनी, एक उत्पादनमूलक र तीन माइक्रोफाइनान्स कम्पनी रहेका छन्।

हालसम्म बोर्डले रु २ अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिइसकेको छ।

यससँगै साधारण सेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरूको संख्या ४४ पुगेको छ। तीमध्ये ३५ वटा जलविद्युत् कम्पनी रहेका छन्, जुन कुल प्रतीक्षारत संस्थाहरूको सबैभन्दा ठूलो हिस्सा हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्