काठमाडौँ। आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई एकआपसमा गाभिएर एकीकृत कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै उक्त कम्पनीलाई अनुमति दिएको हो।
राष्ट्र बैंकले अनुमति दिएसँगै दुबै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार साउन १ गतेदेखी सञ्चालन हुने भएको छ ।
कारोबार भने एकीकृत रुपमा ‘आइएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। सूचनासहित: