prabhu

कस्तो छ बैंकहरुमा खाता खोल्दा ग्राहक पहिचानको व्यवस्था ? (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुमा खाता खोल्दा ग्राहक पहिचानको व्यवस्थाबारे जानकारी दिएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा ग्राहक पहिचानको व्यवस्थाबारे जानकारी दिएको हो।

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचपत्र पेस गर्नुपर्ने अनिवार्य गरिएको छ। बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गर्नुपर्छ। अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मात्र मात्रै खाता खोल्नुपर्ने प्रावधान रहेको छ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको हकमा विदेशमै बसी अनलाइनमार्फत इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजात लिएरसमेत खाता खोल्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै