prabhu

बैंकिङ ट्रेण्डिङ न्युज: बैंकिङ क्षेत्रका साताभरका चर्चित ३१ खबर !

१ . डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ । यस्तै कम्पनीका अनुसार उक्त पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

२ . वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको हो ।अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा १२ प्रतिशतले बढी हो।

३ . वाणिज्य बैंकहरुको एनपीएल बढेको छ । चालु आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म आइपुग्दा बैंकहरुको एनपीएल बढेर ५.०५ प्रतिशत पुगेको हो । यस्तै  वाणिज्य बैंकहरुको खुद निष्क्रीय कर्जा अनुपात पनि  बढेर १.६६ प्रतिशत पुगेको छ ।

४ . नेपाल राष्ट्र बैंकले असार २ गतेदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो । नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ ।

५ . वाणिज्य बैंकहरुले असार महिनाका लागि थप ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरूमध्ये १५ वाणिज्य बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा कृषि विकास बैंक, कुमारी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन्  ।

६ . पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म कुल निक्षेप ३ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँ अर्थात् ६.२ प्रतिशतले बढेको हो ।

७ . बैंकहरुले आयात गरेको सुन दुई महिनादेखि बिक्री नभएको पाइएको छ । गत चैतमा आयात भएको सुन व्यवसायीले खरिद नगरेपछि स्टक बसेको पाइएको हो। नेपाल बैंकर्स संघका अनुसार यतिबेला बैंकसँग करिब ५८ केजी सुन मौज्दात छ।

८ . चालु आर्थिक वर्ष २०८१-८२ को वैशाखसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ७२ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ७२ लाख ६८ हजार ९ सय ९ पुगेका पुगेको हो । नौ महिनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ९.५८ प्रतिशतले बढेका हुन् ।

९ . बैंकका कर्मचारीहरुको तलव बढेको छ । १० महिनामा वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम ६.३३ प्रतिशतले बढाएका हुन् ।  कर्मचारीको तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने वृद्धिदरको हिसाबले एनएमबि बैंक अगाडि रहेको छ।

१० . प्राइम कमर्सियल बैंकले रोजगारी खुलाएको छ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो। बैंकले शाखा प्रबन्धक, लिगल अफिसर, चार्टर्ड एकाउन्टेन्ट, रिलेसनशिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, सफ्टपेयर डेभलपर, एक्जुकेटिभ सेक्रेटरी र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपालि नागरिकहरुले असार ८ गतेसभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

११ . नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर कोड प्रयोग नगर्न चेतावनी दिएको छ। राष्ट्र बैंकले एक सचेतनामूलक भिडियो सार्वजनिक गर्दै व्यापारीहरूलाई मर्चेन्ट क्युआर प्रणाली अपनाउन आग्रह गरेको हो । व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर प्रयोग गर्नु गैरकानुनी मात्र नभएर त्यसले आफ्नो सम्पत्ति वैध नठहर्ने जनाएको छ।

१२. चेक अनादार गरेको आरोपमा सांसद  मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ । सांसद चौधरीविरुद्ध ५ करोड ५० लाखको  बैंकिङ कसुरमा हुलाकमार्फत जाहेरी परेको हो । उनीविरुद्ध चेक अनादर गरेको दाबी गर्दै जाहेरी आए पनि जाहेरी अध्ययनकै क्रममा रहेकाले हाल दर्ता भने नभएको प्रहरीले जनाएको छ।

१३ . घर बनाउन चाहनेलाई नबिल बैंकले ऋण दिने भएको छ । नबिल बैंकले ३५ वर्षसम्मको अवधीका लागि ‘नबिल अफोर्डेबल हाउजिङ’ लोन दिने भएको हो । घर बनाउन चाहने ग्राहकहरुलाई बैंकले ६।६५ प्रतिशत ब्याजदर मै ऋण दिन लागेको छ ।

१४ . नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकको  असार ५ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।

१५ . ग्लोबल आइएमई बैंकको नाम र लोगो प्रयोग गरेर केहि व्यक्तिहरूले अनलाईन मार्फत ग्राहकहरूलाई ठगी गर्न खोजेको खुलासा भएको छ।  बैंकले एक सूचना जारी गर्दै बैंकको नाम र लोगो प्रयोग गरेर केहि व्यक्तिहरूले अनलाईन मार्फत ग्राहकहरूलाई ठगी गर्न खोजेको खुलासा भएको हो।

१६ . मातृभूमि लघुवित्त वित्तीय संस्थाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक पदमा खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदमा एसईई वा सो सरह उत्तीर्ण गरेकाले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

१७ . नेपाल एसबिआई बैंकले रोजगारी खुलाएको छ  । बैंकले एक सूचना जारी गर्दै ट्रेनी कस्टोमर असिस्टेन्ट पदका लागि रोजगारी खुलाएको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कामको अनुभव नहुनेहरूले पनि आवेदन सो पदमा आवेदन दिन सक्नेछन् ।

१८ . असार लागेसँगै बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकको असार १ र २ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप रकममा उल्लेखनीय वृद्धि देखिएको हो।

१९ . वाणिज्य बैंकबाट १ खर्बबढी गाडी कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकबाट चालु आर्थिक वर्षको वैशाखसम्ममा १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको हो। जुन अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ६।१३ प्रतिशतले बढी हो।

२० . कर्मचारीहरूलाई कार्यलय समयभन्दा बढी काममा खटाउने कार्य बन्द गरिने भएको छ । कानूनको दुरुपयोग गरी यस्ता गतिविधि बढ्दै गएपछि मुख्यसचिवको पहलमा उक्त निर्णय गरिएको हो। कर्मचारीहरूलाई कार्यलय समयभन्दा बढी काम गराउने कार्य बन्द गर्न  गत असार २ गते बसेको सचिवस्तरीय बैठकबाट यस्तो कार्य रोकिने निर्णय भएको हो ।

२१ . सरकारले पुल निमार्ण गर्न विश्व बैंकबाट करिब २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।  असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको हो ।

२२ . कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको हो । प्रहरीका अनुसार ठकुरीलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ परेका ठकुरीलाई हाल बाँकेमा राखिएको छ ।

२३ . लक्ष्मी सनराइज बैंकबाट ‘फोन लोन’ लिएका ५० जना ऋणी साँवा र ब्याज नतिरी फरार भएका छन्। बैंकका अनुसार ती ऋणीहरूसँग पटकपटक सम्पर्क गर्ने प्रयास गरिए पनि कुनै जवाफ नआएको र उनीहरू सम्पर्कविहीन बनेका हुन्।

२४ . नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले कुनै पनि बैंकले सेवाग्राहीलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । धनुषाका व्यापारीहरूले विगतमा बैंकहरुले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिएका हुन् ।

२५ .  ग्रामीण  विकास लघुवित्त वित्तीय संस्थाले पुराना चार पाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । संस्थाले आफ्नो नाममा दर्ता रहेको टोयोटा फच्र्यूनर र टाटा सुमो विक्टा जीएक्स गरी दुई सवारी साधन बिक्रीमा राखेको हो । संस्थाले टोयोटाको न्यूनतम मूल्य अभिवृद्धि करसहित २१ लाख र टाटा सुमोको १ लाख रुपैयाँ मात्र तोकेको छ ।

२६. सिन्धु विकास बैंकले घर कर्जा दिने भएको छ । बैंकले २५ वर्षसम्मको अवधिका लागि २ करोडसम्म ऋण दिने भएको हो। उक्त कर्जाको ब्याजदर ८।५४ प्रतिशत रहनेछ।  यस्तो कर्जा लिन चाहने ग्राहकहरुले सिधै सिन्धु विकास बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

२७ . नेपाल बैंकका सञ्चालक ध्रुव भट्टराईलाई काम गर्न नदिन अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले कर्मचारी सञ्चय कोषको तर्फबाट नियुक्त भएका सञ्चालक भट्टराईको नियुक्ति विधिसम्मत नभएको दाबी गर्दै दायर रिटमा प्रारम्भिक सुनुवाइपछि यस्तो आदेश जारी गरेको हो।

२८ . डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ । यस्तै कम्पनीका अनुसार उक्त पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

२९ . वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको हो ।अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा १२ प्रतिशतले बढी हो।

३० . वाणिज्य बैंकहरुको एनपीएल बढेको छ । चालु आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म आइपुग्दा बैंकहरुको एनपीएल बढेर ५.०५ प्रतिशत पुगेको हो । यस्तै  वाणिज्य बैंकहरुको खुद निष्क्रीय कर्जा अनुपात पनि  बढेर १.६६ प्रतिशत पुगेको छ ।

३१ . नेपाल राष्ट्र बैंकले असार २ गतेदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो । नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै