PRABHU BANK

एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा उक्त वार्षिक साधारणसभा सम्पन्न भएको हो । 
उक्त सभा पुस २९ गते बुधबार सम्पन्न भएको हो । बैंकको उक्त सभाले सञ्चालक समितिको प्रस्तावित १६.२ प्रतिशत लाभांश पारित गरेको छ । यससँगै सेयरधनीले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) गरी १६.२ प्रतिशत लाभांश पाउने भएका छन् ।
बैंकले अधिकृत पुँजी १६ अर्व रुपैयाँबाट वृद्धि गरी २० अर्बर्व रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गरेको छ ।कोभिड १९ का कारण हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारणसभामा भिडियो कन्फ्रेन्समार्फत संचालन गरी सेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै