काठमाडौँ। नेपाल राष्ट्र बैंकले तीन सदस्यीय सुझाव उपसमिति गठन गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको सुधारका लागि पहिलोपटक बाहिरका विज्ञको संयोजकत्वमा तीन सदस्यीय सुझाव उपसमिति गठन गरेको हो ।
राष्ट्र बैंकले पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
उपसमितिमा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल समितिका सदस्य सचिव तोकिएका छन्।
राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ।