prabhu

गभर्नरद्वारा भट्टको राजिनामा अस्वीकृत, भट्ट गभर्नरको कार्यालयमा सरुवा

काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डा. गुणाकर भट्टलाई १२ गतेबाट लागू हुने गरी गभर्नरको कार्यालयमा सरुवा गरेका छन्। गभर्नर पौडेलले भट्टको राजिनामा अस्वीकृत गर्दै नयाँ जिम्मेवारी दिएका हुन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तिम्रो गभर्नर पद कन्फर्म भईसक्यो’ भनेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पदबाट राजीनामा दिएका थिए ।

यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले डा. भट्टलाई गभर्नरका लागि प्रस्ताव गरेको थियो। जुन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए। त्यसपछि गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिँदै डा. पौडेललाई गभर्नर नियुक्त गरिएको थियो।

गभर्नरमा नाम प्रस्ताव भएपछि डा. भट्टले राजीनामा दिएका थिए, तर कामु गभर्नर डा. निलम ढुङ्गानाले त्यसलाई अस्वीकार गरेकी थिइन्। हाल गभर्नर कार्यालयमा डा. प्रकाश कुमार श्रेष्ठ कार्यकारी निर्देशकको रूपमा कार्यरत छन्।

अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ भने मानव संशाधन विभागमा विश्रुत थापालाई जिम्मेवारी दिइएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै