DISH HOME

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, को बन्छ १८औँ गभर्नर ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ। मंगलबार बसेको गभर्नर छनोट समितिको बैठकले डा. विश्व पौडल, डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र पूर्वसचिव दिनेश भट्टराई को नाम सिफारिस गरेको हो।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर छनोट समितिले पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईलाई राखेको छ।

अर्थमन्त्री नयाँ गभर्नर नियुक्तिका लागि तीन जनाको नाम बोकेर प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटार पुगेको एक स्रोतले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै