काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५२ रुपैयाँ ४० पैसा र बिक्री दर १५३ रुपैयाँ ०७ पैसा रहेको छ । सोमबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ २२ पैसा र बिक्री दर १८२ रुपैयाँ ०२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४५ पैसा र बिक्री दर ३७ रुपैयाँ ६२ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: