prabhu

‘मैले देश छोडेको छैन, छिट्टै फर्किने छु’- डा. भट्ट

काठमाडौँ। डा. गुणाकर भट्टले आफूले देश नछोडेको बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टले आफूले देश नछोडेको र छिट्टै फर्किने बताएका हुन् ।

उनको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि सत्तारुढ दलहरूले विकल्प खोजेको चर्चालगत्तै भट्ट अमेरिका गएको चर्चा चलेपछि उनले यस्तो बताएका हुन्। उनले कार्यक्रममा सहभागी हुन आफु अमेरिका आएको र छिट्टै देश फर्किने बताएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा चर्चामा आएका भट्टले कार्यकारी निर्देशकबाट राजीनामा गरे पनि उनको राजीनामा भने अझै स्वीकृत भएको छैन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै