लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार संस्थापक सेयर बिक्रीमा, विद्यमान सेयरधनीलाई आवेदन आह्वान

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यी सेयरहरू खरिद गर्न बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरूले वैशाख २६ गतेदेखि ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार, काठमाडौंमा आफूले कति सेयर खरिद गर्न चाहेको हो भन्ने उल्लेखसहित निवेदन दिनुपर्नेछ।

यदि निर्धारित समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि निवेदन नदिएमा, बैंकले प्रचलित कानुनअनुसार अन्य लगानीकर्ताहरूलाई ती सेयर बिक्री गर्न सक्ने जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्