खुद ब्याज आम्दानी बढ्दा पनि घट्यो समता लघुवित्तको नाफा, कारण के हो ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.०४ प्रतिशतले कम हो । अघिल्लो वर्ष सो अवधिमा कम्पनीले ३ करोड ७ हजार रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने १४ करोड ५१ लाखबाट बढेर २० करोड ८५ लाख रुपैयाँ पुगेको छ। तर नाफा घट्नुको मुख्य कारण भने इम्पेयरमेन्ट चार्जमा आएको वृद्धि हो । यस वर्ष कम्पनीले २ करोड ४८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जुन अघिल्लो वर्ष उल्टै फिर्ता गरिएको थियो। यही कारणले गर्दा नाफामा कमी आएको बताइएको छ।

हाल लघुवित्तको वितरणयोग्य नाफा १ करोड ३७ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ६२ करोड ९० लाख रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ रहेको छ।

प्रति सेयर वार्षिक आम्दानी  ५.५४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२६.४६ रुपैयाँ कायम छ । यस त्रैमासमा संस्थाको गैर-संलग्न कर्जा अनुपात ६.५३ प्रतिशत पुगेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्