गर्भनर नियुक्तिमा ढिलाइप्रति सांसदहरूको आपत्ति, सभामुखसँग रुलिङको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिमा भएको ढिलाइप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गर्भनर नियुक्ति प्रक्रिया अविलम्ब अगाडि बढाउन सभामुखमार्फत सरकारलाई रुलिङ दिन माग गरेका छन् ।

गर्भनर नियुक्तिमा ‘भद्दा राजनीतिक लालसा’ देखिएको आरोप लगाउँदै ढकालले राजनीतिक भागबण्डाका कारण मौद्रिक नीति निर्माणमा बाधा पुगेको बताए । ‘यस संवेदनशील विषयलाई पार्टीगत स्वार्थमा प्रयोग गर्नु दुःखद हो,’ उनले भने।

अन्य सांसदहरूले पनि यही विषय उठाउँदै सरकारले चाँडो निर्णय लिनुपर्नेमा जोड दिएका छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै