DISH HOME

‘डिजिटल कारोबारमा तीव्र वृद्धि हुँदा खुसी लाग्छ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले देशमा डिजिटल माध्यममार्फत हुने कारोबारमा तीव्र वृद्धि भएको देख्दा आफूलाई खुसी लाग्ने बताएका छन्। काठमाडौँ फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना गरेको ‘नेपाल फिनटेक फेस्टिभल २०२५’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्स।

पूर्व गभर्नर अधिकारीले रकारी भुक्तानी प्रणाली समेत उल्लेखनीय रूपमा अनलाइनतर्फ उन्मुख भएको बताएका छन्।  ‘मैले जब गभर्नरको जिम्मेवारी सम्हालें, त्यतिखेर देशको बाह्य वातावरण विस्तार हुँदै थियो,’ उनले भने, ‘त्यही समयको केही अन्तरालमै कोरोना महामारी फैलियो, जसले चुनौती त दियो तर डिजिटल कारोबारको अवधारणा ल्याउने अवसर पनि मिल्यो।’

उनका अनुसार कोरोनाकालमा केन्द्रीय बैंकले अघि सारेको डिजिटल कारोबारसम्बन्धी अवधारणाले अहिले आम जनजीवनमा महत्वपूर्ण भूमिका खेलेको छ। पूर्व गभर्नर अधिकारीले डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विकासमा जोड दिनु पर्ने धारणा राखेका छन् ।

उनले विभिन्न सरोकारवालासँग पूर्वाधार निर्माणको माग राख्दै आएको पनि जनाएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै