prabhu

बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै  राष्ट्र बैंक, आज दिउँसो ३ बजे बोलकबोल हुने

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले फेरि एकपटक निक्षेप संकलन उपकरणमार्फत रकम संकलन गर्ने भएको छ। आज (वैशाख १७ गते) राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने तयारी गरेको हो।

तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले यो उपाय अपनाएको हो। राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया हुनेछ।

बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव राख्न सक्नेछन्। प्रस्ताव रकम भाग गर्दा शेष नरहने गरी बोलकबोल गर्नुपर्नेछ।

निक्षेप संकलनमा बहुब्याजदर प्रणाली अपनाइनेछ, जसअनुसार विभिन्न ब्याजदरमा बोलकबोल गर्न सकिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र यस प्रक्रियामा सहभागी हुन दिइनेछ।

यो निक्षेप संकलन २१ दिन अवधिको हुनेछ र जेठ ७ गते मूलधनसहित ब्याज फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।

हाल कर्जाको मागमा खासै वृद्धि नआएकाले बैंकिङ प्रणालीमा तरलता अत्यधिक देखिएको छ। यही कारण बैंक तथा वित्तीय संस्थाहरू झण्डै ३ प्रतिशतको ब्याजदरमै केन्द्रीय बैंकलाई रकम दिन बाध्य भइरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

financial literacy
laghubitta
commercial bank