PRABHU BANK

नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता, बिनाधितो कर्जा पाइने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । बैंकले संस्थानमा कार्यरत कर्मचारीलाई सहुलियत दरमा विनाधितो कर्जा उपलब्ध गराउने सम्बन्धमा उक्र सम्झौता भएको हो । नेपाल बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट प्रमूख प्रशासक कविराज पाठकले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै बैंकले आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा सञ्चालन गरेको छ । उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले बैंकले उक्त स्थानमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले हाल २ सय ४ शाखा, १ सय ४२ वटा एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर तथा अन्य विभिन्न विद्युतिय/डिजिलट माध्ययमबाट समेत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै