काठमाडौँ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५ रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको छ। विभागले २०८२ वैशाख २ गतेदेखि नयाँ ५ रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो ।
उक्त नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने राष्ट्र बैंकले जनाएको छ।
साविककै आकार र रङमा तयार गरिएको यस नोटको अग्रभागमा सगरमाथा र लालीगुराँसको चित्र तथा पानीछाप र पछाडिको भागमा वन्य याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र छ। साथै, नोटमा विसं २०८१ लेखिएको सिरियल नम्बर नेपाली अंकमा उल्लेख छ।
नोटको विशेषताहरू:
बायाँपट्टि सगरमाथाको चित्र
दायाँपट्टि लालीगुराँसको पानीछाप
गभर्नर अधिकारीको हस्ताक्षर
तल्लो भागको बोर्डरमा विसं २०८१ मा छापिएको नेपालीमा सिरियल नम्बर
पृष्ठभागमा:
वन्य याकको चित्र
हुम्लाको लिमी क्षेत्रको हिमाली दृश्य
यसअघि राष्ट्र बैंकले २०७७ मंसिर १० गते ५ रुपैयाँको नोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म बजारमा ल्याउने जनाएको थियो। तर, पछिल्लो सूचनाअनुसार हाललाई संकेत नम्बर ‘प ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइने भएको छ। सूचना: