‘राष्ट्र बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भयो’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको बताएका छन् । गभर्नर अधिकारीले शुक्रबार आफ्नो कार्यकालको समीक्षा गर्दै आफ्नो कार्यकालमा राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको बताएका हुन्।

उनले भने, ‘मेरो कार्यकालको दोस्रो वर्षमा पुग्दै गर्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको थियो।  राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको अवस्था उत्पन्न भएको थियो।’

गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकको कार्यसम्पादनमा महत्वपूर्ण प्रगति ल्याउन सफल भएको दाबी गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्