१८औँ गभर्नर बन्ने दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए पदबाट राजीनामा, को भन्छ नयाँ गभर्नर ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।  गभर्नर बन्ने दौडमा रहेका श्रेष्ठले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन्। 

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ राष्ट्रिय योजना आयोगका सदस्यसमेत हुन्। राष्ट्र बैंकको गभर्नर बन्न अनिवार्य रुपमा राजिनामा दिनुपर्ने व्यवस्था रहेको छ। सोही बमोजिम श्रेष्ठले पनि राजिनामा दिएका हुन् ।

उनले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । हाल १८औँ गभर्नर नियुक्तिको प्रक्रिया चलिरहेका बेला धेरै बैंकरहरुले राजनीमा दिएका छन्।

राष्ट्र बैंकले नयाँ गभर्नर यही चैत्र अन्तिम साता पाउनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्