PRABHU BANK

बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका पशुपतिनाथ मन्दिर परिसरमा सुरु

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल दान पेटिका पशुपतिनाथ मन्दिर परिसरमाभित्र सुरु गरेको छ । बैंकले फागुन १४ पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमकाबीच सुरु गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो क्यूआर कोडको सुभारम्भ गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले अब उपरान्त पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गरे । बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै