PRABHU BANK

सनराइज बैंक र ग्रीन भ्याली रिर्सोटबीच सम्झौता, ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक र ग्रीन भ्याली रिर्सोटबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई शिवपुरीको ग्रीन भ्याली रिर्सोटमा छुट उपलब्ध गराउने सम्बन्धमा उक्त सम्झौता गरेको हो ।
फागुन १६ गते आइतबार बैंक र डाँडगाँउ शिवपुरीस्थित रिर्सोटसँग ग्राहकहरुलाई विभिन्न छुट दिने सम्झौता भएको हो । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसँग खाना र बेबरेज सुविधामा बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै