prabhu

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौँ । एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरेलाई नियुक्त गरेको हो।

यसअघि वरिष्ठ नायब कार्यकारी अधिकृत रहेका घिमिरेलाई सीईओ बनाउने निर्णय उक्त बैठकले गरेको हो। घिमिरे चार वर्षको कार्यकालका लागि सीईओमा नियुक्त भएका छन् । उनले हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दुई वर्षे कार्यकाल समाप्त भएपछि आधिकारिक रूपमा भूमिका सम्हाल्नेछन्।

घिमिरेसँग एक दशकभन्दा बढी समयको बैंकिङ अनुभव छ । घिमिरेले बैंकिङ क्षेत्रमा लगभग तीन दशकको अनुभव बोकेका छन्। उनले सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट आफ्नो करियर सुरु गरेका थिए र २००९ देखि एनएमबी बैंकसँग आबद्ध छन्। असोज २०७९ मा उनी वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृतमा पदोन्नति हुनुअघि उपप्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका थिए।

त्रिभुवन विश्वविद्यालयका पूर्व छात्र घिमिरेले व्यवसाय अध्ययनमा स्नातकोत्तर (एमबीएस) डिग्री र कानूनमा स्नातक गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै