DISH HOME

‘मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डको प्रयोग गरौँ’- राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डको प्रयोग गर्न सुझाव दिएको छ।  राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी प्रदायकहरुले प्रदान गर्ने मोबाइल वालेटजस्ता सेवाहरु आफैले दर्ता गराएको मोबाइल नम्बर वा ई-मेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईंको खातासम्बन्धी महत्वपूर्ण विवरणहरु जोडिएका हुन्छन् ।

साथै, आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धीत वित्तीय संस्थालाई समयमै नगराएमा आफ्नो खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहने बैंकले जनाएको छ। यस्तो छ सूचना:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै