prabhu

बैंकहरूमा कर्जा प्रवाह हुन सकेन, एकैदिन एक अर्ब रुपैयाँले घट्यो बैंकहरूको कर्जा प्रवाह, सिडी रेसियो कति ?

काठमाडौँ । बैंकहरूको कर्जा प्रवाहमा सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको कर्जा प्रवाह एकैदिन एक अर्ब रुपैयाँले घटेको हो।

फागुन ८ गते बैंकहरूबाट ५४ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन ९ गते ५४ खर्ब ४१ अर्ब रुपैयाँ प्रवाह भएको हो ।

उक्त अवधीमा वाणिज्य बैंकहरूकाे कर्जा प्रवाह भने स्थिर रहेकाे छ । फागुन ८ गते ४८ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ९ गते पनि साेही रकम बराबरकाे कर्जा प्रवाह भएकाे छ ।

बैंकहरूको अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९.४६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै