PRABHU BANK

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढ्यो, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेकाे छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन ४ अर्ब रुपैयाँले बढेको हो।

हाल बैंकहरुको निक्षेप ६७ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । फागुन ८ गते ६७ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले फागुन ९ गते ६७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।

यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप संकलनमा पनि वृद्धि देखिएकाे छ । फागुन ८ गते ६ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले ९ गते ८ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

यता बैंकहरुको औसत सीडी रेसियो ७९.४६ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै