PRABHU BANK

मोबाइल बैंकिङ मार्फत मुद्दति निक्षेप राख्न सकिने, सिटिजन्स बैंकको ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना सार्वजनिक

काठमाडौँ । सिटिजन्स बैंकले ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ मार्फत नै मुद्दति निक्षेप राख्न सक्ने ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना सार्वजनिक गरेको हो ।

बैंकले ग्राहकलाई डिजिटलाईजेसनको ज्ञान वृद्धि गराउनको लागि डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो । उक्त प्रोडक्टको मूख्य उद्देश्य नै बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्नु रहेको छ ।

त्यस्तै, प्रविधिको विकाससँगै बैंकहरूले ग्राहकले नयाँ-नयाँ सुविधामात्रै नभएर निक्षेप निक्षेप संकलनका लागि पनि नयाँ सोच राख्न लागेका छन्।

डिजिटल बैंकिङको नाममा बैंकहरुले मोबाइल बैंकिङ मार्फत विभिन्न मर्चेन्टको बिल भुक्तानी जस्ता मात्रै सुविधाहरु दिँदै आएको छ । पछिल्लो समयम भने बैंकहरुले बैंकिङ योजना तथा प्रोडक्ट समेत मोबाइल बैंकिङमा ल्याउन थालेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै