DISH HOME

एकैदिन ३६ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सिडी रेसियो कति ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको  निक्षेप संकलन एकैदिन ३६ अर्ब रुपैयाँले बढेको हो।

पुस २८ गते ६६ खर्ब ९८ अर्ब निक्षेप संकलन भएको बैंकहरूको पुस २९ गते ६७ खर्ब ३४ अर्ब निक्षेप संकलन भएको छ ।

यता, वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि एकैदिन २८ अर्ब रुपैयाँले बढेको छ। पुस २८ गते ५९ खर्ब ६० अर्ब निक्षेप संकलन भएको बैंकहरूको पुस २९ गते ५९ खर्ब ८८ अर्ब निक्षेप संकलन भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सिडी रेसियो ७९.४३ प्रतिशत छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै