काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरणमार्फत पुस २८ गते थप ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
त्यस्तै, २१ दिने निक्षेप संकलन उपकरणको माघ २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।