काठमाडौँ । नेपाल राष्ट्र बैंकका विभिन्न विभागका निर्देशकहरूको सरुवा भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकिन केही महिना बाँकी रहँदा एकै पटक २६ जना निर्देशकहरूको सरुवा गरेका हुन्।
सरुवासँगै नियमन विभागका डा. सत्येन्द्र तिमिल्सिना गभर्नरको कार्यालयमा पुगेका छन् भने नियमनमा नेपालगन्ज कार्यालयमा रहेका देवेन्द्र गौतमलाई ल्याइएको छ।
त्यस्तै, नियमनका रहेका राजनदेव भट्टराईलाई वित्त व्यवस्थापन विभागमा, वित्त व्यवस्थापन विभागबाट इन्द्रा चम्लागाईं मैनालीलाई नियमनमा, वित्त व्यवस्थापन विभागकी मीना पाण्डेलाई बैंक सुपरिवेक्षणमा, बैंक सुपरिवेक्षणका सुदिप फुयाँललाई मुद्रा व्यवस्थापन विभागमा, वीरगञ्ज कार्यालयका शरणकुमार अधिकारीलाई गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमा र त्यहाँका गिरिजाप्रसाद कोइरालालाई कानुन महाशाखामा सरुवा गरिएको छ।
यता, आर्थिक अनुसन्धान विभागका नारायणप्रसाद पोखरेललाई नेपालगन्जमा, जनकपुरबाट माधव दाहाललाई आर्थिक अनुसन्धान विभागमा, धनगढीमा कार्यरत सुवास आचार्यलाई बैंक सुपरिवेक्षण विभागमा, बैंक सुपरिवेक्षणका शैलेन्द्र रेग्मीलाई विराटनगरमा र विराटनगरबाट बुद्धराज शर्मालाई आर्थिक अनुसन्धान विभागमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।