काठमाडौँ । हिमालयन बैंकले इसेवा चल्दैन भनेर एक सूचना नै टाँस गरेको पाइएको छ । नेपालकै पहिलो मोबाइल वालेट इसेवामा पटक पटक समस्या आउँन थालेपछि समग्र कारोबारमै असर परेको भन्दै हिमालयन बैंकले इसेवा चल्दैन बनेर एक सूचना नै टाँस गरेको हो ।
हिमालयन बैंकको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पको काउण्टरमा बैंकले ‘क्युआर स्क्यान हुन्छ, इसेवा हुँदैन’ भनी सूचना नै टाँस गरेको छ ।
उक्त बैंकमा इसेवाबाट भुक्तानी नहुने थाहा पाएका ग्राहकहरु भने इसेवा काम नभएको भन्दै बैंकको क्युआर प्रयोग गर्न थालेका छन् ।