PRABHU BANK

बैंकहरुमा व्यक्तिगत घर कर्जाको माग बढ्यो, ३ खर्ब ७६ अर्ब बढी कर्जा प्रवाह

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा व्यक्तिगत घर कर्जाको माग बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१-८२ को कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा व्यक्तिगत घर कर्जाको माग ५.४८ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकहरुबाट ३ खर्ब ९७ अर्ब २३ करोड ३८ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ।

अघिल्लो आर्थिक वर्षको असोजसम्ममा भने बैंकहरूबाट ३ खर्ब ७६ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ व्यक्तिगत घर कर्जा प्रवाह भएको थियो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत घर कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै