काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एकैदिन ३ अर्ब रुपैयाँले बढेको हो ।
मंसिर २४ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ४५ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन ३ अर्बले निक्षेप बढेर मंसिर २५ गते ६६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पनि ४ अर्ब रुपैयाँले घटेको छ । मंसिर २४ गते ५९ खर्ब ९ अर्ब निक्षेप सङ्कलन भएकोमा २५ गते ५९ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।
यता बैंकहरुको औसत सीडी रेसियो ७८.८० प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।