DISH HOME

राष्ट्र बैंकद्वारा त्रुटिरहित विद्युतीय कारोबार गर्न सबैलाई आग्रह…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले त्रुटिरहित विद्युतीय कारोबार गर्न सबैलाई आग्रह गरेको छ। बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकको उक्त सूचनामा भनिएको छ, ‘आफ्नो मोबाइल बैंकिङ एप, डिजिटल वालेटजस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउनुपर्दछ। विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरुबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुन सक्छ ।’

जसकारण विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, ट्रान्सफर गर्नुपर्ने रकमलगायत सबै विवरण त्रुटिरहित भएको यकिन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै