कर्जा नतिर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा तिर्न कुमारी बैंकको आग्रह

काठमाडौँ । कुमारी बैंकले कर्जा नतिर्ने कर्जा ग्राहकहरुलाई ३५ दिनभित्र कर्जा तिर्न आग्रह गरेको छ । बैंकले कर्जा लिएका कर्जा ग्राहकहरूलाई पटकपटक ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगरेकाहरुलाई ३५ दिनभित्र कर्जा तिर्न आग्रह गरेको हो।

बैंकले ३५ दिनभित्र ऋण चुक्ता नगर्ने ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने जनाएको छ ।

बैंकले कर्जा लिएका कर्जा ग्राहकहरूलाई पटकपटक ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगर्ने ऋणीहरुलाई यो अन्तिम मौका दिन लागेको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्