PRABHU BANK

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तान्न लागेको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरणमार्फत मंसिर १२ गते १ खर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार आज मध्यान्ह १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

त्यस्तै, २१ दिने निक्षेप संकलन उपकरणको पुस ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै