prabhu

कर्णाली डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही, निक्षेप लिन र कर्जा दिन नपाउने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई निक्षेप लिन र कर्जा दिन रोक लगाएको छ । कर्णाली विकास बैंक समस्यामा देखिएपछि राष्ट्र बैंकले निक्षेप लिन र कर्जा दिन रोक लगाएको हो ।

बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ ।’ यो हेर्नुहोस्ः

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै