PRABHU BANK

भारतमा क्षेत्रीय ग्रामीण बैंकहरु मर्ज हुँदै, बैंकर भन्छन्-‘मर्जरले प्रत्येक राज्यमा एउटा क्षेत्रीय ग्रामीण बैंक हुने पक्का’

काठमाडौँ । भारतमा क्षेत्रीय ग्रामीण बैंकहरु मर्ज हुने भएको छ । भारतमा ४३ वटा ग्रामीण बैंक रहेकोमा सरकारले घटाएर २८ वटामा झार्ने योजना बनाएको भारतिय सञ्चार माध्यमहरुले जनाएका हुन् ।

रोयटर्सद्वारा समीक्षा गरिएको नोभेम्बर ४ को सरकारी कागजात अनुसार, भारत सरकारले क्षेत्रीय ग्रामीण बैंकहरूलाई ४३ बाट घटाएर २८ मा मर्जर गर्न प्रस्ताव गरेको छ । जसले यी ऋणदाताहरूलाई लागत घटाउन र तिनीहरूको पूँजी आधार बढाउन मद्दत गर्न सक्छ।

यता, क्षेत्रीय ग्रामीण बैंकहरूले साना किसान, कृषि मजदुर र ग्रामीण क्षेत्रका व्यवसायहरूलाई ऋण उपलब्ध गराए पनि पुँजी र प्रविधिको अपर्याप्त पहुँचबाट पीडित छन् । सामूहिक रूपमा यी बैंकहरूमा मार्च ३१, २०२४ सम्म ६.६ ट्रिलियन रुपैयाँ (७८.४६ बिलियन डलर) को निक्षेप र ४.७ ट्रिलियन रुपैयाँ अग्रिम थियो ।

भारतिय एक बैंकरका अनुसार योजनाबद्ध मर्जरले प्रत्येक राज्यमा एउटा क्षेत्रीय ग्रामीण बैंक हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै