PRABHU BANK

घर कर्जाको माग बढ्यो, बैंकबाट करिव ४ खर्ब आवासीय व्यक्तिगत घर कर्जा प्रवाह

काठमाडौँ । बैंकहरुमा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आवासीय व्यक्तिगत घर कर्जाको माग ७.७८ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको दोस्रो महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ९३ अर्ब ६० करोड १३ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुबाट ३ खर्ब ६५ अर्ब २० करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

यता, बैंकहरुबाट प्रवाह हुने घरजग्गा (रियल स्टेट) कर्जा पनि बढेको छ। बैंकहरुबाट चालु आर्थिक वर्षको भदौसम्म २ खर्ब ६२ अर्ब ९५ करोड ७६ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुबाट २ खर्ब ४१ अर्ब ५ करोड ६२ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गा कर्जा ९.०९ प्रतिशतले बढेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै