PRABHU BANK

राष्ट्र बैंकले मुद्दती निक्षेपमा सवा ५ अर्ब लगानी गर्दै, निक्षेप लिन चाहने संस्थाले कात्तिक २ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा सवा ५ अर्ब लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ३१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक २ गते साँझ ७ बजेसम्म आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

बैंकले वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । जसमा राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा २६ करोड ५५ लाख रुपैयाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै