PRABHU BANK

लघुवित्तबाट लिएको कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना पुस मसान्तसम्म गर्न सकिने (सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्तबाट लिएको कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना पुस मसान्तसम्म गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै एक पटकको लागि यस्तो व्यवस्था गरेको जनाएको हो ।

नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयारगरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीको कठिनाइलाई दृष्टिगतगरी आवश्यकता र औचित्यको आधारमा देहायका सर्तहरूको अधीनमा रही राष्ट्र बैंकले लघुवित्तबाट लिएको कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना पुस मसान्तसम्म गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले कर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष थप गर्न सकिने, असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत असुल भएको हुनुपर्ने, ऋणीबाट कुनै पनि प्रकारको शुल्क र हर्जाना लिन नपाइने, ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले नियामकीय व्यवस्था राम्रोसँग बुझेर वित्तीय अनुशासनमा रही व्यवसाय गर्न पनि आग्रह गरेको छ । यस्तो छ राष्ट्र बैंकले जारी गरेको सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै