PRABHU BANK

एक वर्षमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटेर १०७ पुग्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटेको छ । एक वर्षमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या ५ वटाले घटेर १०७ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो ।

अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाको संख्या ११२ थियो । हाल २० वटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

यता, साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या ११ हजार ५ सय ४१ पुगेको छ। अघिल्लो महिनाको तुलनामा ११ वटा नयाँ शाखा थपिएका हुन्, जुन २०८० असार मसान्तमा ११ हजार ५३० थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै