काठमाडौँ । कुमारी बैंक दुई अवार्डबाट सम्मानित भएको छ । बैंक ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्डस् बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डहरुबाट सम्मानित भएको हो ।
भिसा इन्टरनेसनलले असोज ४ गते आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल-२०२४’ सम्मेलनमा कुमारी बैंक दुई अवार्डबाट सम्मानित भएको छ ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।




