prabhu

बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्गमा गरे तीन खर्ब बढी कर्जा लगानी

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा तीन खर्ब बढी रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०-८१ मा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा तीन खर्ब १२ अर्ब १८ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

यो कर्जा कुल कर्जाको ६.३२ प्रतिशत हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कुल कर्जा ५१ खर्ब ६१ अर्ब ७१ करोड १० लाख रुपैयाँ छ ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँमध्ये विपन्न वर्गमा तीन खर्ब आठ अर्ब ३५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै