PRABHU BANK

वाणिज्य बैंकहरुलाई ऋणीले बुझाए ५ खर्ब भन्दा बढी ब्याज, सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकमा

काठमाडौँ । वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब भन्दा बढी ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरणअनुसार ऋणीहरुले ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख ५० हजार रुपैयाँ ब्याज बुझाएका हुन् ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ऋणीहरुले वाणिज्य बैंकहरुलाई ५ खर्ब ५१ अर्ब ४९ करोड ३३ लाख ८२ हजार रुपैयाँ ब्याज बुझाएका थिए ।

त्यस्तै, ऋणीहरुले सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकमा बुझाएका छन् । बैंकलाई ऋणीहरुले ५१ अर्ब ४६ करोड १६ लाख २१ हजार रुपैयाँ ब्याज बुझाएका हुन् ।

उक्त अवधिमा ऋणीहरुले सबैभन्दा कम ब्याज स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई बुझाएका छन् । ऋणीहरुले यस बैंकलाई ११ अर्ब मात्र ब्याज बुझाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै