DISH HOME

सानिमा बैंकका ग्राहकलाई दूसितथानी हिमालयन रिसोटमा छुटको व्यवस्था

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई दूसितथानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ।  बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोगगरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेलस्थित दूसितथानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको हो ।

सो व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट-क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

त्यस्तै, छुटको विस्तृत विवरण सानिमा बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै